नाउपा अध्यक्ष श्रेष्ठद्वारा संसदीय दलका नेताबाट गङ्गाराम चौधरीलाई बर्खास्त

काठमाण्डाै – नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेताबाट गङ्गाराम चौधरीलाई बर्खास्त गर्नुभएको छ । उहाँले चौधरीलाई बर्खास्त गरेको जानकारीसहितको पत्र सङ्घीय संसद् सचिवालयमा पठाउनुभएको हो ।

अध्यक्ष श्रेष्ठले सभामुख देवराज घिमिरेलाई लेख्नुभएको पत्रमा संसदीय दलको नेताको पद रिक्त भएकोमा नागरिक उन्मुक्ति पार्टीको निर्णय अनुसार पार्टी अध्यक्ष स्वयंले संसदीय दलको नेताको भूमिकासमेत निर्वाह गर्ने व्यहोरा जानकारी गराएको उल्लेख छ । उहाँले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २५ बमोजिम संसदीय दलको नेताको नयाँ विवरण अधिलेखीकरण गर्नसमेत अनुरोध गर्नुभएको छ ।

यस्तै अध्यक्ष श्रेष्ठले नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन र विश्वास कायमै रहेको पनि सभामुखलाई जानकारी गराउनुभएको छ ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation