न त केक काटीयो न त भोज भतेर नै तर पनि भव्य रूपमा मनाईयो जन्मदिन ।।

  गैडहवा, मंसिर –२, ।।  न त केक काटीयो न त भोज भतेर नै तर पनि भव्य रूपमा मनाईयो जन्मदिन ।।

विगत लामो समय देखि विभिन्न सामाजिक अभियान सञ्चालन गर्दै सैनामैना मात्र नभएर रूपन्देही जिल्लामै आफ्नो छुट्टै पहिचान बनाउन सफल सामाजिक युवा महेश अधिकारी विगत लामो समय देखि आफ्नो जन्मदिनमा केक नकाटी विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै मनाउदै आउनुभएको छ ।

 

आज मंसिर २, अर्थात उनको जन्मदिन फजुल खर्च गरेर जन्मदिन नमनाई उक्त वापतको रकमबाट यस वर्ष जनकल्याण मा वि ईगुंरिया शाखाका करिब ८५ जना बालबालिका र रामापुर मा वि का १६ जना बालबालीकालाई स्टेशनरी वितरण गरेर फरक तरिकाले जन्मदिन मनाउनुभएको छ । कार्यक्रममा जनकल्याण मा वि का प्र. अ. अर्जुन प्रसाद पोख्रेल, शाखा ईन्चार्ज शालिकराम खनाल, सामाजिक व्यक्तित्व अच्युत शर्मा पौडेल, सागर लम्साल, सन्जेल भुसाल, रामु गौतम लगायतको सहभागिता रहेको थियो । साथै रामापुर मा वि का प्र अ. कृष्ण प्रसाद पौडेल लगाएत शिक्षक विध्यार्थी सहित कार्यक्रम सम्पन्न भएको थियो । विगतका वर्षहरूमा पनि जन्मदिनमा कहिले पर्रोहा परमेश्वर बोलबम गुरूकुलका वटुकहरूका लागि चामल तथा फलफुल प्रदान त कहिले विपन्न परिवारका लागि बाख्रा वितरण, मन्दिर सरसफाई, अपाङ्गता बालबालिकाका लागि श्टेशनरी वितरण जस्ता कार्यक्रम गरि जन्मदिन गर्दै आउनुभएको छ ।उहाँले स्टेशनरी बितरण गर्ने क्रममा बोल्दै आफु माछा मासु जाँड रक्सि पनि नखाने र फजुल खर्च गर्ने बानी नभएकाले यो सबै को खर्च बचाएर हरेक बर्ष मानबीय सेवाका कार्य गर्दै आई राखेको र आगामि दिनमा पनि यस्तै कार्य गर्दै आउने र अहिलेका युवा पुस्तालाई समेत आफ्नो जन्मदीनमा फजुल खर्च गर्नुको सट्टा मानबिय सेवाका कार्य गर्न समेत अनुरोध गर्नुभएको छ ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation