गैडहवा गाउँपालिकामा कपडा बैंक’ शुभारम्भ

 

गैडहवा, कात्तिक –२८, ।।   गैडहवा गाउँपालिकामा कपडा बैंक’ को शुभारम्भ गरिएको छ । पालिकाको आर्थिक सहयोगमा क्लोथ ’ बैंक स्थापना गरिएको हो । प्रयोगमा नआएका कपडा, झोला, किताब, जुत्ता लाई नगरपालिकाको मूल ढोका अगाडि रहेको कपडा बैंक’ मा लगेर जम्मा गर्न सकिनेछ ।

यस्ता संकलित कपडा, किताब, जुत्ता, झोलालाई क्लोथ एन्ड फुड’ बैंकले रिसाइकल’ (पुन चक्रण) गर्नेछ । रिसाइकल गरिएका कपडा लगायतका सामानलाई आकर्षक प्याकेज’ गरी बैंकले आफ्नो शो रुम’मा राख्नेछ र आवश्यक पर्ने जो कोहीले शो रुम’मा गई यस्ता कपडा र झोला निः शुल्क लिन सक्नेछन् ।

साथै बैंकले विपन्न तथा गरिब वर्गलाई उनीहरुको घर घरमै कपडा र झोला वितरण गर्दै आपत विपतमा परेको घर परिवारलाई समेत
सहयोग गर्दै आएको क्लोथ ’ बैंक केन्द्रिय अध्यक्ष कमल जि. सि. ले जानाकारी गराउनु भयो । उहाँले प्रयोगमा नआएका कपडा संकलन गरेर ‘रिसाइकल’ गरी विपन्न तथा गरिब मानिसमाझ पुर्‍याउने उद्देश्यका साथ अभियान सुरु गरिएको बताउनु भयो । उनका अनुसार बैंकले ‘रिसाइकल’ लागि तिलोत्तमा नगरपालिकामा कारखाना सञ्चालनमा ल्याएको र हाल सम्म १६० बढी स्थानीय पालिकासँग सहकार्य गरेको बताउनु भयो । रुपन्देहीका बिभिन्न पालिकाहरुमा पनि यो भन्दा अगाडी नै कपडा बैंक’सञ्चालनमा आईसकेको र यस गैडहवा गाँउपालिकामा पनि आज बाट संचालन भएको बताउनु भयो । गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलको प्रमुख आतित्यथामा भएको कार्यक्रममा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, जनप्रतिनिधि हरु लगायतको उपस्थितिमान कपडा बैंकको शुभारम्भ गरीएको छ ।

 

कार्यक्रमको अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गैतमलले बैंकमा पैसामा जम्मा गरेजस्तै कपडा बैंकमा पनि कपडा जम्मा गर्न पालिकावासीलाई व्यापक जनचेतना जगाउन आवश्यक रहेको बताउनु भयो ।

सोहि क्रममा बोल्दै गायँपालिकाका अध्यक्ष कार्यक्रमका प्रमुख अथिति सुरेन्द्र पौडेलले कपडा बैंकलाई आगामी दिनमा थप प्रवद्र्धन गर्न वडा तहमा विस्तार गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने जानकारी दिँदै बैंकका बारेमा समुदायस्तरमा जनचेतना जगाउन आवश्यक रहेको बताउनु भयो।
कार्यक्रमको संचालन पालिकाको आयुर्वेदि शाखा प्रमुख गणेश भट्टराई को संचालनमा भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख माधव राज पौडेलले गर्नुभएको थियो ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation