रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले पनि दियो पक्राउ अनुमति

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहित १२ जना बिरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र जारी भएको छ ।

सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरी अनुसन्धानमा रहेका लामिछाने सहित १२ जना माथि सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नका लागि रुपन्देही अदालतबाट पक्राउ अनुमति पत्र जारी भएको हो।

जिल्ला अदालत रुपन्देहीले बिहीबार सभापति लामिछाने, पुर्व डिआईजी छविलाल जोशी सहित १२ जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ । उनका अनुसार ठगी र संगठित अपराधको कसुरमा पक्राउ पूर्जी जारी भएको छ ।

सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा अपचलन भएको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले ठहर गरेको थियो ।

रास्वपा सभापति लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा रहेका छन् । गोर्खा मिडियाका अध्यक्ष जिवि राई बिरुद्ध यस अघि नै पक्राउ अनुमति पुर्जी जारी भईसकेको छ ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation