अर्घाखाँचीको हिलेखोलामा जिप दुर्घटना,१ जनाको ज्यान गयो,९ घाइते

ठाडा, अर्घाखाँचीभदौ २६ । अर्घाखाँचीको हिले खोलामा जिप दुर्घटना भएको छ । सितगंगा गाउँपालिका-१२ मा लु.१ ज ४७६३ नम्बरको डबल क्याप बोलेरो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय ठाडा ले जानकारी दिएको छ ।अर्घाखाँचीबाट बुटवल तर्फ जादै गरेको डबल क्याप शितगङ्गा १२ हिलेखोला नजिक अनियन्त्रित भई ६० मिटर तल खस्दा छ्त्रदेव ५ तुनिचौर का बर्ष ६५ का रामप्रसाद पन्थीको उपचारको क्रममा ज्यान गएको  प्रहरी निरिक्षक । रविन्द्र चन्दले  बताए । अन्य ९ घाइतेहरूको अवस्था मध्यम रहेको बताईएको छ । घाईते सवैको ठाडा स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछी बुटवल पठाएको बताईएको छ ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation