मायादेवीको जनमुखी बजेट : कृषि,स्वास्थ्य र शिक्षा प्राथमिकतामा

मायादेवी गाउँपालिका, साउन २३ , रुपन्देहीको मायादेवी गाउँपालिकाले जनमुखी बजेट तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीले आर्थिक वर्ष २०८१०८२का लागी रु. ६८ करोड ९१ लाख ५३ हजार बजेट प्रस्तुत गर्नुभएको छ । प्रस्तुत बजेट अन्र्तगत क्षेत्रगत विनियोजित बजेटमा आर्थिक विकास तर्फ ३ करोड ७९ लाख ३ हजार,सामाजिक विकास तर्फ रु. २० करोड ९५ लाख २० हजार, पुर्वाधार तर्फ रु. २८ करोड ३२ लाख ४१ हजार, वातावरण तथा विपद् व्यवस्थापन विकास तर्फ रु. १ करोड ५१ लख ६१ हजार, संस्थागत विकास तथा सेवा प्रवाह तर्फ रु. १४ करोड ३३ लाख ४३ हजार बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०८१|०८२का लागी अनुमानित आय तर्फ संघिय समानिकरण अनुदान रु. १३ करोड, संघीय शसर्त अनुदान रु. २७ करोड ७८ लाख ३९,संघीय समपुरक अनुदान रु. १ करोड २५ लाख, संघीय राजश्व बाँडफाँट तर्फ रु. ११ करोड ५१ लख, प्रदेश समानिकरण तर्फ रु. ९७ लाख १५ हजार,प्रदेश सशर्त अनुदान रु. ८० लाख, प्रदेश राजश्व बाँडफाँड रु. ४७ लाख ९ हजार, आन्तरिक आय जसमा बैँक मौज्दात समेत गरि रु. ११ करोड ६० लाख अनुमान गरिएको प्रस्तुत बजेटमा उल्लेख छ ।

गाउँपालिकाले बजेटमा प्राथमकिता दिने गरि कृषि, शिक्षा र स्वास्थ्य संगै पुर्वाधार विकासका लागी जोड दिएको छ । व्यवसायिक कृषि पेशा अवलम्बन गरौँ,आत्मनिर्भर बनौँ नारालाई आत्मसाथ गदै गाउँपालिकाले व्यवसायिककरण र बजारीकरणका लागी साना कृषक तथा पशुपालकहरुका लागी कार्यक्रम सञ्चालन गर्ने सिचांई परियोजनाको विस्तार र आउटलाईट विस्तारका लागी बजेट विनियोजन भएको छ ।

शिक्षा सबैको सरोकार र अधिकार विषय हो । सबैलाई निशुल्क र गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्दै गरिब तथा अति विपन्न परिका विधार्थीहरुका लागी छात्रवृत्ति,पुरस्का जस्ता कार्यक्रम र आवश्यक शैक्षिक सुधार, पुर्वाधार तर्फ बजेट व्यवस्था भएको छ ।आमा बुबा संग गाउँपालिका अध्यक्ष कार्यक्रम सञ्चालन गरिने र निर्माणधिन अस्पतालाई पुर्णता दिने लक्ष्य राखेको छ ।

गाउँपालिका भित्र बसोबास गर्ने महिला, दलित, आदिवासी, जनजाति, थारु, मुस्लिम, मधेशी, लोपोन्मुख समुदाय, पिछडा वर्ग, अंपागत भएका व्यक्ति, जेष्ठ नागरिक लगायतका वर्गको उत्थानका लागी बजेट व्यवस्था भएको छ । घाँघरा, बेथरी, गुननिया मोतिपुर महजिदिया लाई समेटने गरि लुम्बिनी सौन्र्दकरणका लागी रु. १ करोड बजेट विनियोजन भएको छ । जनपक्षीय भएर काम गर्नका लागी शुशासनलाई जोड दिईएको छ । गाउँपालिकाको सभाहलमा भएको कार्यक्रम गाउँपालिकाका प्रवक्ता चोक बहादुर मगरको स्वागत तथा प्रशासन शाखा प्रमुख पम्पा पन्थको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, गाउँसभासदस्य, जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation