काठमाण्डौको कीर्तिपुर नगरपालिकामा आज शोक बिदा

माघ ८, २०८० सोमबार

काठमाण्डौको कीर्तिपुर नगरपालिकामा आज शोक बिदा दिइएको छ । नगरको स्वास्थ्य सेवा अन्तर्गत पाँगा बालकुमारी स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीको निधन भएको शोकमा आज नगरक्षेत्रमा बिदा दिइएको कीर्तिपुर नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अनमी देवकी सुवेदीको हिजो निधन भएको शोकमा आज नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय तथा मातहतका सबै कार्यालय बिदा दिइएको छ ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation