धनकुटामा एकै परिवारका तीन जना मृत फेला

मंसिर ७, २०८० बिहिबार

धनकुटामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । धनकुटा नगरपालिका–१ निगालेका ३५ वर्षीय टीकाराम गुरुङ, उहाँकी श्रीमती भीमा गुरुङ र ११ वर्षका छोरा आयूष घरभित्रै मृत फेला परेका जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ६ वर्षकी छोरी आसिकी सकुशल रहेकी छन् ।

गएराति घरायसी विवादमा झगडा भएपछि बुबा टीकारामले छोरीलाई छिमेकीको घरमा लगेर छोडेका प्रहरीको भनाइ छ । त्यसपछि घटना भएको देखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिनुभयो ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation