गैंडहवा गाउँपालिका अध्यक्ष पौडेलद्वारा छठ पर्वको शुभकामना व्यक्त

गैंडहवा गाँउपालिका / तराई–मधेसलगायत देशका विभिन्न भागमा मनाइने छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गर्नु भएको छ ।
अध्यक्ष सुरेन्द्र पौडेलले सम्पूर्ण गैंडहवा गाँउपालिका वासीहरुमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गर्नु भएको छ । प्रकृतिको पूजा गरिने यस पर्वका माध्यमबाट भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउदैँ गैंडहवामा एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिएको अध्यक्ष पौडेलले बताउनु भएको छ ।
अध्यक्ष पौडेलले छठ पर्वले नेपाली समाजमा सांस्कृतिक एकताको भावना वृद्धि गर्न समेत मद्दत पुगेको उल्लेख गर्नु भएको छ । यी पर्व तथा संस्कृतिले हाम्रो समाजलाई स्वच्छ र पवित्र राख्न, एकापसमा सद्भाव र सहिष्णुता बढाउन, विविधता भित्र एकता कायम गर्न तथा समाजलाई गतिशील र जीवन्त तुल्याउन सहयोग पुर्याउँदै आएको बताउनु भएको छ ।
यो अवसरमा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवालले उदाउँदो सूर्यको आराधना गर्दै मनाइँने छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि तथा खुसीयालीको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।
त्यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले पनि सम्पूर्णलाई छठ पर्व को शुभकामना दिदै चाड पर्वले हरेक नेपालीलाई एक आपसमा सम्बन्ध गास्न सफल भएको बताउनु भयो ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation