नवलपुरको देवचुलीमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गयो

कात्तिक २६, २०८०

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुलीमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । आज बिहान साढे एघार बजेको समयमा जिल्लाको पहाडीक्षेत्र बौदिकाली गाउँपालिकाबाट दलदलेका लागि छुटेको लु १ ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ को गोरेघुम्तीमा दुर्घटना हुँदा छ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो । दुर्घटनामा एक जना घाइते भएको तथा जीपमा सात जना चढेको पनि उहाँले बताउनुभयो ।

जीप अनियन्त्रित भएर घरको भित्तामा ठोक्किन पुगेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । घटनाको थप विवरण आउन र मृतकको परिचय खुल्न बाँकी रहेको उहाँले बताउनुभयो ।

 

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation