लक्ष्मी पुजा । सुखरात्री ।

  चन्द्रमानका आधारमा  विशेष चार रात्रीहरु पर्ने गर्छन । जसमध्ये तेस्रो कार्तिक महिनामा पर्ने एश्वर्यसंग सम्बन्धित लक्ष्मी पुजाको रात अथवा सुख रात्री  विशेष महत्व रहन्छ /
आजको दिन बिहानैबाट गाईलाई पूजाआजा गरेर, लक्ष्मीका अवतार गौ माताको सेवा गरिन्छ र आजको साँझ विभिन्न रङ्गहरू प्रयोग गर्दै आँगनमा विभिन्न आकार प्रकारका रङ्गोली बनाउने चलन पनि छ । अर्कोतर्फ आजको दिन राती लक्ष्मी भगवान् पृथ्वी लोकमा आउने र आशिष् दिएर जाने जनउक्ति पनि छ, त्यसै कारणले आज घर अगाडीको तुलसी मोठ या आँगनको प्रवेशद्वारबाटै लक्ष्मीका पाइलारूपी रङ्गिन डोबहरूका छाप घरका सम्पूर्ण कोठाहरूमा लगिन्छ, यी नै पाइलाका छाप अनुरूप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वास पनि छ ।ङ्गहरू, बत्तीहरू अनि पर्वमय उल्लासले गर्दा आजको दिन सम्पूर्ण ताराहरू आकाशबाट पृथ्वी लोकमा झरेर सबैका आँगनमा बत्तिका रुपमा बलिरहेका छन् जस्तो लाग्छ । यी बत्तिहरु झै हामी सबैको जीवनको आशाको बत्ती कहिल्यै ननिभोस्, भैलिनीका आशीषहरु हामीलाई जस्ताको त्यस्तै लागोस् अनि यो उल्लास वर्षभरि कायम रहोस् । रङ्गोलीका उमगंहरु हाम्रो आँगनमा सगौरव रहिरहोस्, सप्तरङ्गी चाड तिहारको मङ्गलमय शुभकामना ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation