उद्धारकर्ता खरेल बने भुकम्प पीडितको सहयोगकर्ता

 

स्काउट मास्टर खरेलले जन्म दिनमा भुकम्प पीडितलाई ५ हजार ५ सय रुपैया सहयोग गरेका छन्
बुटवल २५ कात्तिक ।
स्काउट मास्टर तथा खेलकुद प्रशिक्षक नवराज खरेलले जन्म दिनमा भुकम्प पीडितलाई सहयोग गरेका छन् । भुकम्प प्रभावित क्षेत्रमा स्काउट टिमसहित स्वयसेवकका रुपमा एक साता देखि खटिएका खरेलले भुकम्प प्रभावित परिवारलाई सहयोग गरेका हुन् ।
गुल्मीको चन्द्रकोट गाउपालिका वडा नम्बर १ स्थायी घर भएका खरेलले जाजरकोट भेरी नगरपालिका खलङा निवासी रमाकली कामिलाइ ५ हजार ५ सय रुपैया सहयोग गरेका छन् । रमाकलीले ४ बर्षको नातिनी गुमाएकी छिन् । उनी भुकम्पमा परि घाइते भएकी छिन् भने घर पुर्ण रुपमा क्षती भएको छ । भुकम्प प्रभावित क्षेत्रमा एक साता देखि खटिरहेकै अवस्थामा आज जन्म दिन प¥यो, जन्म दिनलाई पनि सेवाकै रुपमा मनाउने इच्छा अनुसार भुकम्पबाट प्रभावित रमाकलीलाई सहयोग गरे, खरेलले भने, जन्म दिन दुःखमा परेकासग उनीहरुलाई सहयोग गरेर मनाउदा सकरात्मक सन्देश पनि जाने विश्वासका साथ सहयोग गरेको छु ।
खरेलले २०७८ फागुन ७ बाट बैबाहिक जीवन शुरु गर्दा पनि बिबाहमा हुने खर्च बचत गरी अक्षयकोष स्थापना गरेका थिए । उनले रुरु क्षेत्र ४ बलेटक्सार ९ स्काउट मास्टर० विद्या खड्का सग प्रेम विवाह गरेका थिए । विद्यासगको सल्लाहमा नवराजले बिबाहमा हुने केही खर्च बचत गरी २०७८ फागुनमा गुल्मीको सारदा मावि मा अक्षयकोष स्थापना गरेका थिए । खेलकुद र स्काउटका लागि यो जोडीले ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना गरेको थियो ।
खरेल बिगत १५ बर्ष देखि नेपाल स्काउटको क्षेत्र र सामाजिक काम गर्दै आएका छन् । नेपाल स्काउटको बिपद ब्यवस्थापन आकस्मिक उद्दार कर्ता र खेलकुद को क्षेत्रमा कार्यरत उनी बुटवल स्थीत नवीन औद्योगिक कदर बहादुर रिता मा बि मा स्काउट मास्टर तथा खेलकुद प्रशिक्षणको रुपमा कार्यरत छन् । खरेलले समाजको लागि युवाले केही असल र सामाजिक काम गर्नु पर्छ भन्ने उदेश्यका साथ रकम सहयोग गरेको बताए ।
बिगत १ हपता देखि जाजरकोटको भुकम्प पीडित क्षेत्रमा स्वयंसेवक रुपमा विभिन्न सहयोग को काम गर्दै आएका उनले आफू धनी परिवारको नभएको तर जन्म दिनमा पछिल्लो समयमा फजुल खर्च गर्ने परम्परा चल्दै आएकोले एउटा सन्देश मात्र दिन खोजेको बताए ।

© 2026 सुरभी खबर All right reserved Site By : Himal Creation