बाँकेकाे कोहलपुरमा ट्रकको ठक्करबाट एक युवकको ज्यान गयाे

कात्तिक २३, २०८० बिहिबार

बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा एक युवकको ज्यान गएकाे हाे ।कोहलपुरमा रहेकाे कृषि चोकमा बुधवार हिजाे बेलुका ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको ज्यान गएकाे हाे ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार सुदूरपश्चिमबाट काठमाण्डाैका लागि छुटेकाे ००१ ख २४३२ नम्बरको मालवाहक ट्रकले कोहलपुर–२ प्रेमनगर नजिकै रहेको कृषि चोकमा चुदारालाई ठक्कर दिएको हो । उहाँको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएकाे छ ।

ट्रक चालकलाई प्रहरीले पक्राउ गरेकाे छ ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation