बुटवलमा मेयर र हाकिमको विवाद उत्कर्षमा, दुई महिना पनि टिक्न सकेनन् भुसाल

रुपन्देही । बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेय र प्रमुख प्रशासकीय अधिकृत विष्णु भुसालबीचको द्वन्द्व उत्कर्षमा पुगेको छ ।

मेयर पाण्डेयको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका प्रमुख प्रशासकीय अधिकृत भुसाल कार्यपालिका बैठक नै छाडेर काठमाडौं आएका छन् । उनी अब बुटवल नफर्कने गरी काठमाडौं आएको बताइएको छ । भुसाल गत असोज ७ गते उद्योग मन्त्रालयबाट सरुवा भई बुटवल उपमहानगरमा आएका थिए ।उपमहानगरको कार्यपालिका वैठकको अघिल्लो दिन नै मेयरसँग विवाद भएर भुसाल काठमाडौं गएपछि कार्यपालिका बैठक प्रभावित भएको छ ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation