ढिलो आउने कर्मचारीलाई मेयरद्वारा फूलले स्वागत

कात्तिक २१, २०८०
दाङ कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीलाई दाङको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले फूलले स्वागत गर्नुभएको छ ।

पालिकामा कार्यरत कर्मचारीहरु समयमा कार्यालय नआउने गरेकोबारे सेवाग्राहीको गुनासो आएपछि छड्के अनुगमन गरिएको हो ।

ढिलो आएका कर्मचारीलाई मेयर चौधरीले फूलले स्वागत गर्दै समयको ख्याल गरेर कार्यालयमा उपस्थित हुन निर्देशन दिनुभएको छ ।

१० जनाभन्दा बढी कर्मचारी कार्यालय समयभन्दा ढिलो आएका उहाँले जानकारी दिनुभयो । ुराष्ट्र सेवक कर्मचारीलाई जिम्मेवारी बोध होस्, समयको ख्याल गर्दै सेवा प्रवाह गर्न मद्दत पुगोस् भन्ने हाम्रो चाहना होु उहाँले भन्नुभयो ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation