
शुक्रबार राती जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पमा परेका प्रभावितहरुलाई राहत सहयोग दिने उद्देश्यले रुपन्देहीको सैनामैना नगर क्षेत्रबाट आईतबार सहयोग सामाग्री लिएर एक टोली प्रभावित क्षेत्रमा पगेको छ ।
रुपन्देही सेवा समाज युएई, सैनामैना सेवा समाज युएई र सैनामैना युवा रेडक्रस सर्कल र सैनामैना युथ क्लवले भुकम्प प्रभावितलाई आवश्यक चामल, नुन, कपडा, त्रिपाल, चाउचाउ, बिस्कुट, खानेतेल, म्याट, चिउरा, टुथपेष्ट र साबुन लगायतका अत्यावश्यक सामान जिल्ला बिपत ब्यवस्थापन समिती जाजरकोट द्वारा संचालित एकद्वार राहत संकलन तथा बितरण केन्द्र लाई राहात सामाग्री हस्तान्त्रण गरेको छ ।
राहत सामाग्रीमा सैनामैना सेवा समाज युएईले त्रिपाल २० थान, चिउरा २० प्याकेट, टुथपेष्ट २० सेट र साबुन एक प्याकेट सहयोग गरेको छ । त्यसैगरी रुपन्देही सेवा समाज युएईले पाँचसय केजी चामल, ५० लिटर तेल र एक बण्डल म्याच उपलब्ध गराएको छ । त्यसैगरी सैनामैना युवा रेडक्रस सर्कलले चामल २ सय ५० केजी, नुन ३ बोरा, कपडा ट्रयाक १६ सेट तथा त्रिपाल ५ पिस उपलब्ध गराएको छ । उता सैनामैना युथ क्लवले चामल १५० केजी, चाउचाउ ८ कार्टुन र बिस्कुट २ कार्टुन उपलब्ध गराएकोे छ ।