कोशीमा मन्त्रिपरिषद् विस्तार, माओवादी र एकीकृत समाजवादीबाट एकरएक जना मन्त्री नियुक्त

काठमाण्डौ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले आज शुक्रवार नेकपा ९माओवादी केन्द्र० का गणेश उप्रेती र नेकपा ९एकीकृत समाजवादी० का कमलप्रसाद जगेबुलाई मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरूले आजै शपथ ग्रहण गर्नुभएको छ ।

मुख्यमन्त्री बनाउन भूमिका खेलेको नेकपा एमालेको विरोधका बाबजुद कार्कीले उप्रेती र जगेबुलाई मन्त्री बनाउनुभएको हो । एमालेले आफू र कांग्रेसका संसद्लाई मात्रै मन्त्री बनाउनुपर्ने माग गर्दै कांग्रेसबाहेकका अन्य दललाई सरकारमा सहभागी गराए सरकारबाट बाहिरिने चेतावनीसमेत दिएको थियो । मन्त्रिपरिषद्‍मा गठबन्धनलाई भित्र्याएपछि एमालेले सरकारबाट बाहिरिने तयारी गरिसकेको छ ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation