मुख्य समाचार

‘जेन–जी’ आन्दोलनमा ज्यान गुमाएकाहरूकाे राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

‘जेन–जी’ आन्दोलनमा ज्यान गुमाएकाहरूकाे राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ । सामूहिक शवयात्रापछि उनीहरूकाे अन्त्येष्टि गरिएकाे हाे । शिक्षण अस्पताल महाराजगञ्जबाट १० जनाको सामूहिक शवयात्रा निकालिएको हो । ६ जनाको शव काठमाण्डौ बाहिर लगिएको...

पुरा पढ्नुहोस
‘युक्रेनमा सन् २०२२ यता क्लस्टर बम विस्फोटबाट १ हजार २ सय जनाभन्दा धेरै मारिए वा घाइते भए’

रुसको पूर्ण आक्रमण शुरू भएदेखि युक्रेनमा क्लस्टर बम आक्रमणबाट १ हजार २ सय जनाभन्दा धेरै सर्वसाधारणको ज्यान गएको वा घाइते भएका तथ्य सार्वजनिक भएको छ । निगरानी समूह ‘क्लस्टर मुनिसन कोएलिशन’ (सीएमसी) ले आफ्नो वार्षिक...

पुरा पढ्नुहोस
विद्यालय समय र तोकिएको पोशाकमा टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट नगर्नू : मन्त्रालय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक तथा कर्मचारीलाई विद्यालय समय र तोकिएको पोशाकमा टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट नगर्न निर्देशन दिएको छ । मन्त्रालयले सूचना निकालेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेलो सरकारमा विद्यालयका शिक्षक तथा...

पुरा पढ्नुहोस
भारतीय खेलाडीहरूले हात नमिलाएपछि पाकिस्तानले विरोध गर्‍याे

एशिया कप टी–२० क्रिकेटमा हिजो भारत र पाकिस्तानबीचको खेलमा खेलाडीहरूले हात नमिलाएकोमा विवाद भएको छ । पाकिस्तान क्रिकेट टोलीका प्रबन्धक नभीद अक्रम चीमाले भारतीय खेलाडीहरूले हात नमिलाउनु खेल भावनाको विरुद्ध भएको बताएका छन् । भारतीय...

पुरा पढ्नुहोस
मानव अधिकार आयाेगकाे ९ बुँदे आह्वान

राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूको पोस्टमार्टम, दाहसंस्कार तथा पीडित परिवारलाई राहतलगायतका कार्यमा विशेष ध्यान दिन आह्वान गरेको छ । आयोगका प्रवक्ता टीकाराम पोख्रेलले आज निकाल्नुभएको विज्ञप्तिमा नौ वटा बुँदामार्फत आह्वान गरिएको...

पुरा पढ्नुहोस
ऊर्जामन्त्री घिसिङले तलब भत्ता नलिने

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले तलब भत्ता नलिने घाेषणा गर्नुभएकाे छ । आज सिंहदरबारमा रहेकाे मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै मन्त्री घिसिङले आफूले प्राप्त गर्ने...

पुरा पढ्नुहोस
नवनियुक्त महान्यायाधिवक्ता भण्डारीद्वारा पदभार ग्रहण

नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पदभार ग्रहण गर्नुभएको छ । आजै सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग पद तथा गोपनीयताको शपथ लिएपछि भण्डारीले महान्यायाधिवक्ता कार्यालय रामशापथमा पदभार ग्रहण गर्नुभएको हो । वरिष्ठ अधिवक्ता भण्डारीलाई हिजो राष्ट्रपति...

पुरा पढ्नुहोस
‘जेन–जी’ आन्दाेलन : शिक्षण अस्पतालबाट २७ जनाको शव आफन्तले बुझे

त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा २८ जनाको शव परीक्षण (पोस्टमार्टम) सकिएको छ । अस्पतालमा ‘जेन–जी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूको अहिले शव परीक्षण कार्य भइरहेको छ । अहिलेसम्म ४६ जनाकाे शव परीक्षणका लागि अस्पताल ल्याइएको...

पुरा पढ्नुहोस
समुद्री सतह बढ्दा सन् २०५० सम्ममा १५ लाख अस्ट्रेलियाली जोखिममा पर्ने : प्रतिवेदन

समुद्री सतह बढ्दै जाँदा सन् २०५० सम्ममा अस्ट्रेलियाको तटीय क्षेत्रमा बसोबास गर्ने झन्डै १५ लाख मानिस जोखिममा पर्ने एक जलवायु प्रतिवेदनले चेतावनी दिएको छ । अस्ट्रेलियाको पहिलो राष्ट्रिय जलवायु जोखिम मूल्याङ्कनले आउँदा वर्षहरूमा बाढी, चक्रवात,...

पुरा पढ्नुहोस
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन – नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको तुइनखोला नजिकै पहिरो खसेपछि आज बिहान ९ बजेदेखि एकतर्फी मात्र सञ्चालनमा रहेको थियो । सडक डिभिजन...

पुरा पढ्नुहोस