मुख्य समाचार

महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत

महान्यायाधिवक्ता रमेश बडालको राजीनामा स्वीकृत भएको छ । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले पदभार सम्हालेकै दिन बडालको राजीनामा स्वीकृत भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएकै दिन अर्थात् मङ्गलवार बडालले पनि राजीनामा दिनुभएको थियो...

पुरा पढ्नुहोस
पर्सामा दङ्गाग्रस्त क्षेत्र घाेषणा

पर्सामा घण्टाघर चोकदेखि गण्डक चोकसम्मको राजमार्ग क्षेत्र र कारागार कार्यालय नजिक दङ्गाग्रस्त क्षेत्र घोषणा भएको छ । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले अर्काे आदेश नभएसम्मका लागि दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको हो । यसैबीच पर्सामा...

पुरा पढ्नुहोस
सवारी चालक अनुमतिपत्र छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र छपाइ र वितरण अनिश्चितकालका लागि बन्द गरेको छ । यही भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा विभागको संरचनामा तोडफोड, आगजनी तथा चोरी/लुटपाटबाट विद्युतीय उपकरण, छपाइ उपकरण...

पुरा पढ्नुहोस
‘जेन–जी’ आन्दोलनको मौकामा भागेकामध्ये ३ हजार ७ सय २३ कैदीबन्दी पक्राउ

‘जेन–जी’ आन्दोलनको मौकामा भागेकामध्ये ३ हजार ७ सय २३ कैदीबन्दी पक्राउ परेका छन् । देशभरका विभिन्न कारागारबाट गरी १० हजार ३ सय २० कैदीबन्दी फरार रहेकामा आज दिउँसोसम्म ३ हजार ७ सय २३ जना कैदीबन्दी...

पुरा पढ्नुहोस
अब दुःख मानेर बस्ने समय होइन, काम गरेर आफ्नो दक्षता र क्षमता देखाउने बेला हो

जेनजीको आन्दोलनले देशको प्रशासनिक क्षेत्रमा इतिहासकै ठूलो क्षति पुर्‍याएको छ । यसअघि पनि केही क्षति भएका थिए तर यो स्तरको विनाश कहिल्यै भएको थिएन । विगतमा मुख्यतः पूर्वाधारमा क्षति सीमित रह्यो भने यसपटक सिंहदरबार,...

पुरा पढ्नुहोस
७ सय ३० राउन्ड गोलीसहित काभ्रेबाट ८ जना पक्राउ

काभ्रेको बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउन्ड गोलीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बनेपा–९ कै २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ र १५ वर्षका किशोर, बाराका २०...

पुरा पढ्नुहोस
रास्वपा सभापति लामिछाने नख्खु कारागार फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि कारागार फर्केका छन् । जेनजी आन्दोलनका क्रममा रिहा हुनुभएका उहाँ आज आफै घोषणा गर्दै कारागार जानुभएको हो । लामिछानेलाई रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले कारागारसम्म सँगै गएर साथ...

पुरा पढ्नुहोस
जेनजी आन्दोलनका घाइतेलाई भेट्न प्रधानमन्त्री कार्की अस्पतालमा

प्रधानमन्त्री सुशीला कार्की भदौ २३ र २४ को प्रदर्शनका घाइते भेट्न अस्पतालमा पुग्नुभएको छ । कार्कीले राष्ट्रिय ट्रमा सेन्टर र सिभिल सर्भिस अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभएको हो । दुवै अस्पतालमा भएका भेटका क्रममा...

पुरा पढ्नुहोस
संसद विघटन जेन जी आन्दोलनको मर्म र संविधान विपरित : आठ राजनीतिक दल

विघटित प्रतिनिधि सभामा रहेका आठ राजनीतिक दलका प्रमुख सचेतकले संसद विघटन जेन जी आन्दोलनको मर्म र संविधान विपरित भएको भन्दै तत्काल प्रतिनिधि सभाको बैठक बोलाउन माग गरेका छन् । संयुक्त विज्ञप्ती निकालेर उनीहरुले प्रतिनिधि सभा...

पुरा पढ्नुहोस
भोलि मन्त्रिपरिषद विस्तारको तयारी : आगजनीबाट जोगिएकै सरसामानबाट प्रधानमन्त्रीको कार्यकक्ष तयार हुँदै

प्रधानमन्त्री सुशीला कार्कीले भोलि मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ । मन्त्रिमण्डल विस्तारका लागि नाम छनाेट गर्ने काम भइरहेको र भोलि मन्त्रिमण्डल विस्तारसहित मन्त्रालयमा कार्यभार सम्हाल्ने तयारी रहेको उहाँ निकट स्रोतले जनाएको छ । यसैबीच जेनजी...

पुरा पढ्नुहोस