मुख्य समाचार

एभरेस्ट महिला भलिबल लिग रोकिएकै अवस्थाबाट शुरू हुने

‘जेन–जी’ आन्दोलनका कारण बीचैमा रोकिएको दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग त्यही अवस्थाबाट शुरू हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्सले आज विज्ञप्ति निकालेर चाँडै नै नयाँ मिति र व्यवस्थानबारे जानकारी दिने बताएको हो...

पुरा पढ्नुहोस
देउवा दम्पतीमाथिकाे आक्रमण अमानवीय र बर्बरतापूर्ण : कांग्रेस

नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणामाथि अमानवीय र बर्बरतापूर्ण आक्रमण भएको बताएको छ । उपसभापति पूर्णबहादुर खड्काले आज विज्ञप्ति निकालेर लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रूपमा सङ्घर्ष गरेका पार्टीका सभापति एवम् पूर्वप्रधानमन्त्री...

पुरा पढ्नुहोस
सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब दशैँअघि नै

नेपाल सरकारको भुक्तानी र राजस्व सङ्कलनको प्रणाली सञ्चालनमा आएको छ । आजदेखि भुक्तानी शुरू भएको अर्थ मन्त्रालयले जनाएको छ । यस्तै राजस्व सङ्कलनको काम पनि शुरू गरेर धेरैजसो भन्सार विन्दु सञ्चालनमा आएका मन्त्रालयले जनाएको छ...

पुरा पढ्नुहोस
महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत

महान्यायाधिवक्ता रमेश बडालको राजीनामा स्वीकृत भएको छ । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले पदभार सम्हालेकै दिन बडालको राजीनामा स्वीकृत भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएकै दिन अर्थात् मङ्गलवार बडालले पनि राजीनामा दिनुभएको थियो...

पुरा पढ्नुहोस
पर्सामा दङ्गाग्रस्त क्षेत्र घाेषणा

पर्सामा घण्टाघर चोकदेखि गण्डक चोकसम्मको राजमार्ग क्षेत्र र कारागार कार्यालय नजिक दङ्गाग्रस्त क्षेत्र घोषणा भएको छ । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले अर्काे आदेश नभएसम्मका लागि दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको हो । यसैबीच पर्सामा...

पुरा पढ्नुहोस
सवारी चालक अनुमतिपत्र छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र छपाइ र वितरण अनिश्चितकालका लागि बन्द गरेको छ । यही भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा विभागको संरचनामा तोडफोड, आगजनी तथा चोरी/लुटपाटबाट विद्युतीय उपकरण, छपाइ उपकरण...

पुरा पढ्नुहोस
‘जेन–जी’ आन्दोलनको मौकामा भागेकामध्ये ३ हजार ७ सय २३ कैदीबन्दी पक्राउ

‘जेन–जी’ आन्दोलनको मौकामा भागेकामध्ये ३ हजार ७ सय २३ कैदीबन्दी पक्राउ परेका छन् । देशभरका विभिन्न कारागारबाट गरी १० हजार ३ सय २० कैदीबन्दी फरार रहेकामा आज दिउँसोसम्म ३ हजार ७ सय २३ जना कैदीबन्दी...

पुरा पढ्नुहोस
अब दुःख मानेर बस्ने समय होइन, काम गरेर आफ्नो दक्षता र क्षमता देखाउने बेला हो

जेनजीको आन्दोलनले देशको प्रशासनिक क्षेत्रमा इतिहासकै ठूलो क्षति पुर्‍याएको छ । यसअघि पनि केही क्षति भएका थिए तर यो स्तरको विनाश कहिल्यै भएको थिएन । विगतमा मुख्यतः पूर्वाधारमा क्षति सीमित रह्यो भने यसपटक सिंहदरबार,...

पुरा पढ्नुहोस
७ सय ३० राउन्ड गोलीसहित काभ्रेबाट ८ जना पक्राउ

काभ्रेको बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउन्ड गोलीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बनेपा–९ कै २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ र १५ वर्षका किशोर, बाराका २०...

पुरा पढ्नुहोस
रास्वपा सभापति लामिछाने नख्खु कारागार फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि कारागार फर्केका छन् । जेनजी आन्दोलनका क्रममा रिहा हुनुभएका उहाँ आज आफै घोषणा गर्दै कारागार जानुभएको हो । लामिछानेलाई रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले कारागारसम्म सँगै गएर साथ...

पुरा पढ्नुहोस