
बाणगंगा नगरपालिका, भलवाड ,कपिलवस्तु, भदौ २६ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९, भर्तापुुर, भर्लावासमा रहेको श्री कोइलीचौर सानाकिसान सामुदायिक वन उपभोक्ता समूहले आफ्नो २५औँ साधारण सभा भव्य रुपमा सम्पन्न गरेको छ।
कार्यक्रममा समुहकी सचिव शुस्मा क्षेत्रीले समुहको बार्षिक प्रगति प्रतिबेदन पेश गर्नुभएको थियो भने लेखा संयोजक नेत्र प्रसाद वुढाथोकिले आर्थिक बर्ष २०८०र०८१ को कुल १ करोड ९५ लाख ४२ हजार बराबरको आए –ब्यय सार्बजनिक गर्नुभएको थियो । यस्तै समुहका अध्यक्ष कुन्तामनी भुसालले कोइलीचौर साना किसान सामुदायिक बनको भाबी रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो ।
वनले यो सभा २०८०र८१ आर्थिक वर्षको १ करोड ९५ लाख ४२ हजार १ सय ९८ रुपैयाँ २८ पैसाको वार्षिक लेखा परीक्षासहित आगामी २०८१र८२ आर्थिक वर्षका लागि १ करोड ६८ लाख ६८ हजार ८ सय ५० रुपैयाँको अनुमानित बजेटको समीक्षा गर्दै सम्पन्न भएको हो।
कार्यक्रममा कोइलीचौर साना किसान सामुदायिक बनले सामुदायिक बन उपभोक्ता मध्येका ९ जना बिपन्न विद्यार्थीलाई छात्रवृत्ति स्वरूप शैक्षिक सामाग्री प्रदान गरिएको छ ।
कार्यक्रममा डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि अजित कर्णले सामुदायिक बनको सहि सदुपयोग एंब यसको उचित ब्यबस्थापन गर्नुपर्ने बताउनु भयो । साथै जिल्लाको बनको स्थितिमा आफू नयाँ भएको हुदा आफुले पनि आपनो कार्यालयबाट सहयोग गर्ने बताउनु भयो । उहाले भने, “श्री कोइलीचौर सानाकिसान सामुदायिक वन उपभोक्ता समूहको २५औँ साधारण सभामा सहभागिता जनाउन पाउँदा मलाई अत्यन्त खुशी लागेको छ। यस प्रकारको सभा, जसले सामुदायिक वनको व्यवस्थापन र विकासमा महत्वपूर्ण भूमिका खेल्दछ, त्यसका लागि मेरो तर्फबाट सम्पूर्ण समूहलाई बधाई दिन चाहन्छु।“
त्यस्तै बिशिस्ट अतिथि तथा वडा अध्यक्ष कमल पौडेलले सामुदायिक बनले आफ्नो कार्ययोजना बनाउदा वडासंग समन्वय गरि कार्य गरेमा बिकास निर्माणको काम गर्दा जनता राम्रो सन्देश जाने बताउनु भयो । एबम हरेक सामुदायिक बनले एक बन एक उधमको अबधारणा को सुरुवात गर्नुपर्ने उहाको भनाइ थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश बैज्ञानिक बन ब्यबस्थापन समितिका अध्यक्ष दिपक कुमार थापा ,भलवाड स्वस्थ चौकी प्रमुख जित बिकास रायमाझी ,सल्लाहकार हरिराज घिमिरे ,सरेपानी सामुदायिक बनका अध्यक्ष बिन्द्र बहादुर गुरुङ ,पत्रकार बाबुराम रायमाझी समाजसेबि गोपाल गिरि ,हरि बहादुर खनाल लगायतले सम्बोधन गर्नुभएको थियो
।
कार्यक्रममा कोइलीचौर साना किसान सामुदायिक बनका अध्यक्ष कुन्तामनी भुसालले सहभागी सबैमा धन्यवाद प्रदान गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण समुहका सचीव शुस्मा क्षेत्रीको रहेकोे थियो । यो सामुदायिक वन वि.सं. २०४५ सालमा स्थापित सामुदायिक बन हो । कपिलवस्तु जिल्लाकै जेष्ठ सामुदायिक बनको रुपमा रहेको यो बन २ सय १८ हेक्टर क्षेत्रफलमा रहेको छ भने सामुदायिक बनमा ४ सय ९५ बन उपभोक्ताहरु आबद्ध रहेका छन् ।