मुख्य समाचार

तातोपानी र रसुवागढी नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खोलियो

चीनसँगको वैदेशिक व्यापारका लागि प्रयोग हुँदै आएका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खुला गरी कोरला नाकाबाट व्यापार शुरू भएको छ । भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाका अनुसार सोमवारदेखि...

पुरा पढ्नुहोस
दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँको टीकाको उत्तम साइत सार्वजनिक गरेको छ । यस वर्षको बडादशैँको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको समितिले आज निकालेको सूचनामा उल्लेख...

पुरा पढ्नुहोस
मनसुन सक्रिय, अझै दुई हप्ता पानी पर्ने सम्भावना

पछिल्लो २४ घण्टामा देशका धेरै ठाउँमा पानी परेको छ । मनसुनसँगै स्थानीय वायु पनि सक्रिय भएका कारण देशका सबैजसो ठाउँमा बदली भएर धेरै ठाउँमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । महाशाखाका...

पुरा पढ्नुहोस
‘जेन–जी’ आन्दोलनमा ज्यान गुमाएकाहरूकाे राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

‘जेन–जी’ आन्दोलनमा ज्यान गुमाएकाहरूकाे राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ । सामूहिक शवयात्रापछि उनीहरूकाे अन्त्येष्टि गरिएकाे हाे । शिक्षण अस्पताल महाराजगञ्जबाट १० जनाको सामूहिक शवयात्रा निकालिएको हो । ६ जनाको शव काठमाण्डौ बाहिर लगिएको...

पुरा पढ्नुहोस
‘युक्रेनमा सन् २०२२ यता क्लस्टर बम विस्फोटबाट १ हजार २ सय जनाभन्दा धेरै मारिए वा घाइते भए’

रुसको पूर्ण आक्रमण शुरू भएदेखि युक्रेनमा क्लस्टर बम आक्रमणबाट १ हजार २ सय जनाभन्दा धेरै सर्वसाधारणको ज्यान गएको वा घाइते भएका तथ्य सार्वजनिक भएको छ । निगरानी समूह ‘क्लस्टर मुनिसन कोएलिशन’ (सीएमसी) ले आफ्नो वार्षिक...

पुरा पढ्नुहोस
विद्यालय समय र तोकिएको पोशाकमा टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट नगर्नू : मन्त्रालय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक तथा कर्मचारीलाई विद्यालय समय र तोकिएको पोशाकमा टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट नगर्न निर्देशन दिएको छ । मन्त्रालयले सूचना निकालेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेलो सरकारमा विद्यालयका शिक्षक तथा...

पुरा पढ्नुहोस
भारतीय खेलाडीहरूले हात नमिलाएपछि पाकिस्तानले विरोध गर्‍याे

एशिया कप टी–२० क्रिकेटमा हिजो भारत र पाकिस्तानबीचको खेलमा खेलाडीहरूले हात नमिलाएकोमा विवाद भएको छ । पाकिस्तान क्रिकेट टोलीका प्रबन्धक नभीद अक्रम चीमाले भारतीय खेलाडीहरूले हात नमिलाउनु खेल भावनाको विरुद्ध भएको बताएका छन् । भारतीय...

पुरा पढ्नुहोस
मानव अधिकार आयाेगकाे ९ बुँदे आह्वान

राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूको पोस्टमार्टम, दाहसंस्कार तथा पीडित परिवारलाई राहतलगायतका कार्यमा विशेष ध्यान दिन आह्वान गरेको छ । आयोगका प्रवक्ता टीकाराम पोख्रेलले आज निकाल्नुभएको विज्ञप्तिमा नौ वटा बुँदामार्फत आह्वान गरिएको...

पुरा पढ्नुहोस
ऊर्जामन्त्री घिसिङले तलब भत्ता नलिने

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले तलब भत्ता नलिने घाेषणा गर्नुभएकाे छ । आज सिंहदरबारमा रहेकाे मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै मन्त्री घिसिङले आफूले प्राप्त गर्ने...

पुरा पढ्नुहोस
नवनियुक्त महान्यायाधिवक्ता भण्डारीद्वारा पदभार ग्रहण

नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पदभार ग्रहण गर्नुभएको छ । आजै सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग पद तथा गोपनीयताको शपथ लिएपछि भण्डारीले महान्यायाधिवक्ता कार्यालय रामशापथमा पदभार ग्रहण गर्नुभएको हो । वरिष्ठ अधिवक्ता भण्डारीलाई हिजो राष्ट्रपति...

पुरा पढ्नुहोस