अर्घाखाँचीमा राती ९ः३० बजेपछि देउसी भैलो खेल्न नपाइने

अर्घाखाँची ।
अर्घाखाँचीमा रातीमा देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले राती ९ः३० बजेपछि देउसी भैलो लगायतका कार्यक्रम गर्न रोक लगाइएको जनाएको छ।
तिहारमा पटका, भुइँचम्पा, आतीसवाजी, विस्फोटक पदार्थको बिक्री वितरण तथा प्रयोग गर्न समेत रोक लगाएको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताए।जुवातास, लंगुरबुर्जा कौडा खेल्न नपाइने निर्णय गरिएको उनले बताए ।
यस्तै मादक पदार्थ सेवन गरि सार्वजनिक स्थलहरूमा हो–हल्ला र झैं–झगडा नगर्न समेत प्रशासनले अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी ढकालको भनाइ छ ।
पर्वहरुलाई शान्तिपूर्ण वातावरणमा सुरक्षित, मर्यादित अनुशासित र सु–संस्कृत रुपमा मनाउन यस्तो निर्णय गरीएको भन्दै नियम विपरित कार्य गरेको पाएमा कानुन बमोजिम कारवाही गरिने प्रशासन कार्यालयले जनाएको छ ।

© 2026 सुरभी खबर All right reserved Site By : Himal Creation